Online Nepal बुधबार, बैशाख २६ २०८१

माओवादी आफ्नो अस्तित्व रक्षाका लागि कुनै न कुनै शक्तिमा टाँसिनुपर्ने बाध्यता छ : शंकर पोखरेल

माओवादी आफ्नो अस्तित्व रक्षाका लागि कुनै न कुनै शक्तिमा टाँसिनुपर्ने बाध्यता छ : शंकर पोखरेल


मध्यान्तर
  • शनिबार, जेष्ठ २८ २०७९

  • काठमाडौं  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तह निर्वाचनबाट नेकपा माओवादीको जनमत झन् घटेको टिप्पणी गरेका छन् ।

    ललितपुरमा शनिबार एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको कार्यक्रममा उनले माओवादी अब वामपन्थी शक्तिको रुपमा नरहेको बताएका हुन् ।

    यो चुनावबाट नेकपा माओवादी केन्दलाई अत्यन्त ठूलो क्षति भएको छ । उसको सिट बढेको छ । तर जनमत उल्लेख्य रुपमा घटेको छ’ उनले भने, ‘०७४ सालको निर्वाचनमा उसले १७ प्रतिशत प्राप्त गरेको थियो । आज त्यो जनमत १३ प्रतिशत छ ।’

    माओवादी अब वामपन्थी शक्तिको रुपमा नरहेको र आफ्नो अस्तित्व रक्षाका लागि कुनै न कुनै शक्ति टाँसिनुपर्ने बाध्यतामा पुगेको महासचिव पोखरेलले बताए ।

    उनले अहिले नेकपा एमालेको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी नभई नेपाली कांग्रेस नै भएको बताए ।

     

    प्रतिक्रिया
    थप समाचार