Online Nepal शनिबार, जेष्ठ ५ २०८१

आयोगको प्रस्ताव : मंसिर २ मा चुनाव

आयोगको प्रस्ताव : मंसिर २ मा चुनाव


मध्यान्तर
  • बुधबार, असार २२ २०७९

  • काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर २ गतेका लागि प्रदेश र संघको निर्वाचनको मिति प्रस्ताव गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहितको छलफलमा आयोगका पदाधिकारीले मंसिर २ गतेका लागि चुनावको मिति प्रस्ताव गरेका हुन् ।

    आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री गोविन्द बन्दी, मुख्यसचिव शंकरदास बैरागी लगायत सहभागी थिए ।

    प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार ‘मंसिर २ गते शुक्रबारको मिति प्रस्ताव भएको छ। हामीले एकै चरणमा निर्वाचन गर्ने गरी प्रस्ताव गरेका छौं ।’ १ सय २० दिन अवधि हुने गरी निर्वाचनको मिति तोकिदिन आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार