Online Nepal आइतबार, जेष्ठ ६ २०८१

तीन तहको सरकारले पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद : महामन्त्री विश्वप्रकाश शर्मा

तीन तहको सरकारले पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद : महामन्त्री विश्वप्रकाश शर्मा


मध्यान्तर
  • शुक्रबार, भाद्र ३ २०७९

  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन तहको सरकारले पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जाजनक भएको बताएका छन् ।

    शुक्रबार काठमाडौंमा कमरेडको जनै पुस्तक विमोचन गर्दै शर्माले अहिले काठमाडौंको सडक जताजतै फोहरले भरिएको भन्दै मुलुकमा तीन तहको सरकार हुँदा पनि फोहर उठाउन नसक्नु लज्जाजनक भएको बताएका हुन् ।

    उनले फोहोरको दिर्घकालीन समाधान र महानगरका प्रमुख बालेन्द्र साहलाई सहयोग गर्ने तथा बञ्चरेडाडाँबासीको माग सम्बोधन गर्न कमजोरी भइरहको जिकिर गरे । शासन व्यवस्था फेरिए पनि मुलुकको अवस्था फेरिन नसकेको उनको भनाई छ ।

    त्यस्तै शर्माले युवाहरुले मुलुकको अवस्थाका बारेमा चिन्ता गर्ने बेला आएको धारणा राखे ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार