Online Nepal शनिबार, बैशाख १५ २०८१

बागी उम्मेदवारी फिर्ता नगरे उम्मेदवारलाई कारबाही गर्ने कांग्रेसको निर्णय

बागी उम्मेदवारी फिर्ता नगरे उम्मेदवारलाई कारबाही गर्ने कांग्रेसको निर्णय


मध्यान्तर
  • बुधबार, असोज २६ २०७९

  • काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले बागी उम्मेदवारी फिर्ता नगरे  उम्मेदवारलाई कारबाही गर्ने भएको छ।

    मंगलबार दिउँसो बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बागी उम्मेदवारलाई बुधबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको थियो।

    बैठकपछि कांग्रेसले विज्ञप्ति जारी गर्दै तोकिएको समयमा उम्मेदवारी फिर्ता नलिए बागी उम्मेदवार, प्रस्तावक र समर्थक पार्टीबाट स्वतस् निष्कासित हुने जानकारी दिएको हो।

    पार्टीले बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन भनेको हो। फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको हो।

     

    प्रतिक्रिया
    थप समाचार