Online Nepal बुधबार, जेष्ठ २ २०८१
राजनीति

भारतमा भाजपाको बर्चस्व, मोदी झनै शक्तिशाली

भारतमा भाजपाको बर्चस्व, मोदी झनै शक्तिशाली


मध्यान्तर
  • शुक्रबार, जेष्ठ १० २०७६

  • नयाँ दिल्ली । भारतको लोक सभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले बलियो बहुमत प्राप्त गर्दै राजनीतिक बर्चस्व अझै माथि उठाएको छ । सन् २०१४ को लोक सभा चुनावमा २८२ सिट जितेको भाजपालाई यसपालि ३०३ सिट प्राप्त भएको छ । यो जितसँगै प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी पुनः दोस्रो कार्यकालका लागि झन् शक्तिशाली बनेर उदाएका छन् । भारतीय लोकसभा निर्वाचनमा मोदी नेतृत्वको भाजपा प्रभावशाली सुधारसहित पुनः विजयी भएको छ । सरकार बनाउन दुई सय ७२ सिट आवश्यक भए पनि भाजपा एक्लैले तीन सय सिट पार गरेको छ । त्यस्तै, भाजपाको गठबन्धन नेसनल डेमोक्र्याटिक अलाइन्स (एनडिए)ले तीन सय ४९ सिट पुर्‍याएको छ ।

    प्रतिपक्षी कंग्रेसले यो निर्वाचनमा पनि लज्जास्पद हार बेहोरेको छ । २०१४ को निर्वाचनमा ४४ सिट ल्याएको उसले यसपालि ५२ पुर्‍याएको छ । संविधानतः प्रमुख प्रतिपक्ष दलको मान्यता पाउन आवश्यक ५५ सिट पनि उसले जुटाउन सकेन । यसरी मोदी चुनौतीविहीन बनेका छन् । कंग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ अलाइन्स (युपिए)को कुल सिट ८८ मात्र पुगेको छ ।
    परिणम स्वरुप जिजुबाजे जवाहरलाल नेहरुका पालादेखि कांग्रेसले जित्दै आएको उत्तर प्रदेशको अमेठी निर्वाचन क्षेत्रमा कांग्रेस अध्यक्ष राहुल गान्धी पराजित हुन पुगे । आफ्नो पराजयलाई स्विकार्दै उनले भाजपाकी स्मृति इरानीलाई बधाई दिएका छन् ।

    यसबाट भारतीय कांग्रेस निकै पछाडी धकेलिएको छ भने भाजपाले आफ्नो राजनीतिक अभिष्टलाई उचाइमा लादैं कांग्रेस र कम्युनिष्टको पकड रहेका क्षेत्रमा पनि बिजयी बनेर पुनः सत्तारोहणको तयारीमा लागेको छ । पुनः सत्ताको वागडोर मोदीकै पोल्टामा आएको छ भने उनि अझै शक्तिशाली प्रधानमन्त्री हुने राजनीतिक विष्लेशकहरुले बताएका छन् ।

    प्रतिक्रिया
    थप समाचार