Online Nepal बुधबार, जेष्ठ २ २०८१
राजनीति

मोदीको शपथग्रहणमा पाकिस्तान, अफगानिस्तान र चीनले निम्तो पाएनन् !

मोदीको शपथग्रहणमा पाकिस्तान, अफगानिस्तान र चीनले निम्तो पाएनन् !


मध्यान्तर
  • बुधबार, जेष्ठ १५ २०७६

  • काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो शपथग्रहण समारोहमा नजिकका तीन छिमेकी राष्ट्रलाई निम्तो दिएका छैनन् । मोदीले आफ्नो पहिलो कार्यकालमा सार्कका सदस्य आठ राष्ट्र र चीनलाईसमेत निम्तो दिएकोमा दोस्रो पटक प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा छिमेकी पाकिस्तान, अफगानिस्तान र चीनलाई आमन्त्रण गरेनन् । यसपटक सार्कका पाँच छिमेकी मुलुकलाई मात्रै निमन्त्रणा गरिएको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) सदस्यसमेत रहेका नेपाल, भुटान, बंगलादेश, म्यानमार र श्रीलंकालाई अतिथिका रूपमा निमन्त्रणा छ ।

    विमस्टेक सदस्य थाइल्यान्डका कार्यकारी प्रमुखलाई पनि अतिथिका रूपमा निमन्त्रणा छ । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ)को अध्यक्षराष्ट्र किर्गिस्तान र भारतीय मूल बाहुल्य रहेको मोरिससका कार्यकारी प्रमुखलाई पनि शपथग्रहणमा निम्ता गरिएको छ । भारतीय विदेश मन्त्रालयले छिमेक प्रथम नीतिअनुसार छिमेकी मुलुकलाई प्रधानमन्त्रीको शपथग्रहणमा बोलाएको जनाएको छ ।

    मोदीको अघिल्लो सपथमा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ शपथग्रहणमा सहभागी भएपनि पछिल्लोपटक भारतको पठानकोट, उरी र बालाकोटमा भएको आतंककारी हमलापछि भारत–पाकिस्तान सम्बन्ध चिसिदा पाकिस्तानलाई निम्तो दिइएन । अफगानिस्तानसँग पनि भारतको सम्बन्ध राम्रो नभएका कारण मोदीले शपथमा निम्तो दिनु आवश्यक ठानेनन् भने चीनलाई पनि भारतले मित्रराष्ट्रको रुपमा सम्बन्ध कायम गर्न सकिरहेको छैन । यही कारण भारतले पाकिस्तान, अफगानिस्तान र चीनलाई मोदीको शपथ ग्रहणमा आमन्त्रण नगरीएको भारतीय राजनीतिक विश्लेषकहरुको जनाएका छन् ।

    प्रतिक्रिया
    थप समाचार