Online Nepal शनिबार, बैशाख २२ २०८१

माओवादी केन्द्रका उपमहासचिव पुन डिस्चार्ज

माओवादी केन्द्रका उपमहासचिव पुन डिस्चार्ज


मध्यान्तर
  • शुक्रबार, माघ ६ २०७९

  • काठमाडौँ । चिकित्सकको निगरानीमा रहने गरी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन डिस्चार्ज भएका छन् ।

    वंशाणुगत जण्डिसका कारण पीडित नेता पुनलाई गत शनिबार ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा अपेक्षित सुधार भएपछि चिकित्सकको निगरानीमा रहने गरी उनी आज डिस्चार्ज भएको सचिवालयले जनाएको छ ।

    माघी मनाउनका लागि रोल्पा पुग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि गत शनिबार हेलिकप्टरोमार्फत् काठमाडौँ ल्याइएको थियो । चिकित्सकले पर्याप्त आराम गर्न र धपेडी नगर्नसमेत नेता पुनलाई सुझाव दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार