Online Nepal शनिबार, बैशाख २२ २०८१

प्रधानमन्त्रीको आग्रहमा नेकपा एसले मन्त्री बनाउन पठायो प्रकाश ज्वालाको नाम

प्रधानमन्त्रीको आग्रहमा नेकपा एसले मन्त्री बनाउन पठायो प्रकाश ज्वालाको नाम


मध्यान्तर
  • बुधबार, चैत्र १५ २०७९

  • काठमाडौँ । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा नेकपा एसले आफ्नो पार्टीबाट मन्त्री बनाउन नेता प्रकाश ज्वालाको नाम पठाएको छ । पहिलो चरणमा बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले पार्टीबाट मन्त्री बन्ने एक जनाको नाम शीघ्र पठाउन अध्यक्ष माधनव कुमार नेपाललाई आग्रह गरेका थिए । लगत्तै अध्यक्ष नेपालले बुधबार नै पार्टी केन्द्रीय सचिवालयको आकस्मिक बैठक राखेका थिए । बैठकले पहिला ज्वालाको नाम पठाउने सहमति गरेको पार्टीका सम्मानित नेता झलनाथ खनालले बताए ।

    खनालले  भने, ‘अहिले प्रधानमन्त्रीले एक जनाको नाम दिनु भनेर दिएका छौँ । अरूको पनि नाम टुङ्गिन्छ ।’

    प्रधानमन्त्रीले नेकपा एसका ज्वालालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिन सक्ने सम्भावना छ ।

    यस्तै, एसबाट उपाध्यक्ष बेदुराम भुसाल पनि मन्त्री हुने सूचीमा छन् । उनको नाम फाइनल भएपनि मन्त्रालय भने टुंगो लागिसकेको छैन । एसले ३ मन्त्रालय दाबी गरेको छ ।

    १० दलीय गठबन्धनमा मन्त्रालय भागबण्डा गर्दा एसको भागमा दुई मन्त्री र एक राज्यमन्त्री मात्र पाउने सम्भावना छ ।

    मन्त्रालयको सङ्ख्या कम र सत्ता गठबन्धनमा रहेका दल र आंकक्षीको संख्या बढी हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार