Online Nepal शुक्रबार, बैशाख १४ २०८१

सत्ता गठबन्धनले मन्त्रालयको भागबन्डा टुंगायो, शपथ भोलि

सत्ता गठबन्धनले मन्त्रालयको भागबन्डा टुंगायो, शपथ भोलि


मध्यान्तर
  • बुधबार, चैत्र १५ २०७९

  • काठमाडौं । सत्ता गठबन्धनको बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनमा आबद्ध ९ दलबीच भागवण्डा मिलाउने सहमित भएको हो।

    सहमतिपछि दलहरुले प्रधानमन्त्रीलाई आफ्नो दलको तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम बुझाउने क्रम सुरु भएको छ।

    एकीकृत समाजवादीले वेदुराम भुसाल र प्रकाश ज्वालाको नाम बुझाएको छ भने अरु दललाई पनि नाम बुझाउन आग्रह गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो।

    गठबन्धनमा सहभागी ९ दलबीच कांग्रेसले ८ वटा मन्त्रालयको नेतृत्व पाउने समझादारी बनेको छ। त्यस्तै माओवादीलाई प्रधानमन्त्रीसहित ५, एकीकृत समाजवादी र जसपालाई २-२ जनमत पार्टीलाई एक राज्यमन्त्रीसहित २, लोसपा १,

    नागरिक उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति छ। भोलि बिहान राष्ट्रपतिलाई मन्त्रीहरुको नाम बुझाउने र दिउँसो शपथ ग्रहण गराउने तयारी अघि बढेको छ।

     

    प्रतिक्रिया
    थप समाचार