Online Nepal शनिबार, साउन ५ २०८१

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद चीनको अध्यक्षमा विष्णु प्रसाद डमरु पक्का

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद चीनको अध्यक्षमा विष्णु प्रसाद डमरु पक्का


मध्यान्तर
  • बुधबार, साउन ३ २०८०

  • काठमाडौं । यति बेला गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्को धमाधम निर्वाचन सुरु भएको छ ।
    यसै सिलसिलामा गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद चीन पनि निर्वाचन होमिएको छ । आईसिसि सदस्यमा रोहित अग्रवाल निर्विरोध भइसकेका छन् भने अध्यक्ष बाहेक अन्य सबै पदाधिकारी एवं सदस्यहरु निर्विरोध भएको निर्वाचन मण्डलले जानकारी गराएको छ।
    अध्यक्षमा भने निर्वाचन हुने लगभग पक्कापक्की भइसकेको छ । अध्यक्षमा निर्मल शर्मा चौलागाई र विष्णु प्रसाद डमरुको उम्मेदवारी परे लगत्तै चुनाव हुन लागेको हो।
    चुनावी अभियान उचित काम र संथाप्रति अत्यधिक मात्रामा समय दिने र २०१७-२०१९ ,३०१९-२०२१ दुई दुई पटक NRNA RCC क्षेत्रिय चच्याङ्ग अध्यक्ष को सफल कार्यकाल पछि २०२० को चेम्बर अफ कमर्स को अध्यक्ष २०२१-२०२३ NRNA चाईना केन्द्रीय उपाध्यक्ष कार्यकाल माँ उत्कृष्ट योगदान गरोको र डमरुको चीन सरकारसँगको सम्बन्ध  निकै  प्रगाढ़ छ । विष्णु प्रसाद डमरु अध्यक्ष बन्ने सम्भावना प्रबल रहेको  त्यहाँ स्थित जानकारहरु बताउँछन्।

    प्रतिक्रिया
    थप समाचार