Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

प्रधानमन्त्री प्रचण्डले आज संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गर्ने

प्रधानमन्त्री प्रचण्डले आज संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गर्ने


मध्यान्तर
  • सोमबार, साउन ८ २०८०

  • काठमाडौं । इटालीे भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय वार्ता गर्ने भएका छन् । दुवै भेटवार्ता इटालीको राजधानी रोममा आज हुने नेपाली दूतावासले जनाएको छ ।

    प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघको कार्यक्रमको साइडलाइनमा आज बंगलादेशकी प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका हुन् ।

    उनले आज पहिला बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यसपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेट हुनेछ ।

    प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघ, इटाली सरकार र संयुक्त राष्ट्रसंघको रोममा रहेको खाद्य तथा कृषि संगठनले आयोजना गर्ने खाद्य प्रणालीसम्बन्धी कार्यक्रममा सहभागी हुन शनिबार त्यसतर्फ गएका थिए ।

     

    प्रतिक्रिया
    थप समाचार