Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

प्रधानमन्त्री प्रचण्ड चीनमा, आजै राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता हुने

प्रधानमन्त्री प्रचण्ड चीनमा, आजै राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता हुने


मध्यान्तर
  • शनिबार, असोज ६ २०८०

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ शनिबार  चीन पुगेका छन् । प्रचण्ड संयुक्त राष्ट्र सङ्घको महासभा सहभागी भएर अमेरिकाबाट हङकङ हुँदै एसियाली खेलकुद महोत्सव आयोजना गरिएको चीनको हाङचौं शहरमा पुगेका हुन ।
    प्रधानमन्त्री प्रचण्डको स्वागतको लागि चीनस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीहरू हाङचौंको अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए।
    प्रधानमन्त्री प्रचण्डले आज साँझ आठ बजे एसियाली खेलकुद महोत्सवमा उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । त्यसअघि आजै दिउँसो चार बजे चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटघाट हुने कार्यक्रम तय भएको छ ।

    शनिवार मध्यान्ह राष्ट्रपति सीले एसियाली खेलकुदमा सहभागी हुन आएका विशिष्ट पाहुनालाई दिवा भोज दिने छन् । प्रधानमन्त्री दाहाल राष्ट्रपति सीले आयोजना गरेको दिवा भोजमा सहभागी हुनेछन् ।

    प्रधानमन्त्रीको चीन भ्रमण एक साताको हुनेछ । हाङचौंबाट, बेइजिङ, छोङछिङ, तिब्बत र छेन्दु हुँदै ३० सेप्टेम्बरमा नेपाल फर्कने कार्य तालिका रहेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार