Online Nepal सोमबार, बैशाख १७ २०८१

युरोपको युवा संयोजकमा भण्डारीले दिने भए उम्मेदवारी

युरोपको युवा संयोजकमा भण्डारीले दिने भए उम्मेदवारी


मध्यान्तर
  • बिहिबार, असोज ११ २०८०

  • काठमाडौं । उनी आफै यूबा हुन । प्रबासका यूबाका पिडा, लक्ष्य र अनि उनिहरूले हात पारेका सफलता र असफलताको बारेमा निकै बिज्ञ छन उनि । उनि अर्थात् प्रकाश भण्डारी । जो माल्टामा रहेर यूबा केन्द्रित ब्यापार ब्याबसाय गर्दै आइरहेका छन । प्रबासमा रहेका यूबाहरूलाई साथ अनि हात दिंदै आएका भण्डारी आफ्नो पहिचान अनुरूप नै उमेदवारी दिने कार्यमा लागि परेका छन -‘ प्रबासका नेपाली यूबाहरूको पिडा र दुखलाई मलहम लगाएर उनिहरूको सफल जिबन अनि यात्राका लागि केही गर्नु नै मेरो लक्ष्य हो -‘ भण्डारीले भनेका छन ।

    अन्तत: यसैबीच गैर आबासीय नेपाली संघको युरोपको युवा संयोजकमा प्रकाश भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् । माल्टामा व्यवसाय गरिरहेका भण्डारीले संघको आगामी अक्टोबरमा काठमाडौंमा हुने ११ औ महाधिवेशनमा युरोपको युवा संयोजकमा उमेदवारी दिने घोषणा गरेका हुन ।

    प्रबासमा नेपालीहरूलाई जुटाउंने र उनिहरूको हक हितका लागि आबाज उठाउंने कार्यमा प्रकाश सधै अगाडि नै रहे । उनले माल्टामा ग़ैर आबासीय नेपाली संघको स्थापना गर्न जून महत्वपूर्ण भूमिका खेले , त्यो निकै सह्रानीय रह्यो । प्रकाश एनआरएनए माल्टामा उपाध्यक्षसमेत भइसकेका छन् ।

    प्रकाशले माल्टा सरकार समक्ष नेपाल र नेपालीलाई चिनाउंने जून कार्य गर्दै आएका छन , त्यसको जति प्रशंसा गरे पनि कम हुन्छ । उनी हाल नेपाल माल्टा च्यारिटी एसोसिएसनको अध्यक्ष छन् । उनी विगत ९ वर्षदेखि माल्टालाई कर्मथलो बनाई विभिन्न सामाजिक संस्थाहरुमा आबद्ध भई माल्टाबासी नेपालीहरुको हक हितको लागि सामाजिक कार्य गर्दै आएका छन् ।
    भण्डारीले संघको साधारण सदस्यदेखि एनआरएनए माल्टाको उपाध्यक्षसमेत भएर केन्द्री नेतृत्वसँग सहकार्य गरेर काम गरिसकेका छन् ।
    उनले सबै अभियन्तालाई मिलाएर एकीकृत एनआरएनए बनाउनुपर्ने जनाउँदै युवाहरुलाई यस अभियानमा जोड्ने बताएका छन् ।
    उनी भन्छन -‘ विश्वमा सबैभन्दा ठूलो नेपाली सञ्जालमा फैलिएको एनआरएनएलाई संस्थागत विकास र संस्थाको मर्म र भावनाअनुरुप व्यक्तित्व विकाससमेत आवश्यक छ,प्रबासमा हुर्किरहेका दोस्रो पुस्तालाई नेपालको पुस्तासंग जोडेर नेपाल र नेपालीको बृहत्तर बिकास नै मेरो चुनाबी ऐजेण्डा र लक्ष्य हो – ‘ उनले भने ।

    प्रतिक्रिया
    थप समाचार