Online Nepal बुधबार, जेष्ठ २ २०८१

साउदी अरबका दुई ओटा तेल कम्पनीमा ड्रोनबाट आक्रमण

साउदी अरबका दुई ओटा तेल कम्पनीमा ड्रोनबाट आक्रमण


मध्यान्तर
  • शनिबार, भाद्र २८ २०७६

  • काठमाडौं । साउदी अरेबियाको दुईवटा प्रमुख तेल खानीमा ड्रोन आक्रमण भएको छ ।
    सरकारी स्वामित्वमा रहेका दुई तेल खानीका तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण हुँदा भीषण आगलागी भएको साउदी अरेबियाको सरकारी सञ्चार माध्यमले जनाएको छ । अबकेकमा रहेको अरामको कम्पनीको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको हो । सर्वाजनिक भएका भिडियो फुटेजमा आगोको भीषण मुस्लो र धुवाँ देखिएको छ । दोस्रो ड्रोन आक्रमण खुराइसमा रहेको तेल प्रशोधन केन्द्रमा भएको हो र त्यसका कारण भीषण आगलागी भएको छ । आगलागी हाल नियन्त्रणमा आएको साउदी अरेबियाको सरकारी सञ्चार माध्यमले जनाएको छ । साउदी अरेबियामा यसअघि हुने गरेका यस्ता आक्रमणमा इरानको सहयोग पाएका हुथी बिद्रोहीको संलग्नता रहने गरेको थियो । तर हालको आक्रमणमा कसको संलग्नता थियो भन्ने खुलाइएको छैन । नेपाली समय अनुसार शनिबार बिहान पौने सात बजेतिर आक्रमण भएको हो ।

    अबकेकमा रहेको तेल प्रशोधन केन्द्रमा सन् २००६ मा अल–कायदाले आत्मघाती आक्रमण मार्फत निशाना बनाउने प्रयास गरेको थियो, तर सो आक्रमण साउदी सुरक्षाकर्मीले असफल पारेका थिए ।

    प्रतिक्रिया
    थप समाचार