Online Nepal शनिबार, बैशाख २२ २०८१

१७५ रनको लक्ष्य पच्छ्याएको नेपाल ‘ए’ ६० रनमै अलआउट

१७५ रनको लक्ष्य पच्छ्याएको नेपाल ‘ए’ ६० रनमै अलआउट


मध्यान्तर
  • शुक्रबार, चैत्र २३ २०८०

  • काठमाडौं । दोस्रो एकदिवसीय श्रृंखला अन्तरगत आयरल्यान्ड उल्भ्सविरुद्ध १७५ रनको लक्ष्य पच्छ्याएको नेपाल ए ले लज्जास्पद हार व्यहोरेको छ ।

    नेपालका लागि भीम सार्कीले १७ र विनोद भण्डारीले १६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    नेपालका देव खनाल, आरिफ शेख, रिजन ढकाल, कमलसिंह ऐरी र मौसम ढकाल शून्य रनमा आउट भए ।

    आयरल्याण्डका माथ्यू हम्फेस एक्लैले ६ विकेट लिए ।

    यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको आयरल्यण्डले ३८ दशमलव ४ ओभरमा अलआउट हुँदै १७४ रन बनाएको थियो ।

    नेपालका लागि शाहब आलम र रिजन ढकालले तीन तीन विकेट लिए । यस्तै मौसम ढकालले २ । कमलसिंह ऐरीले १ विकेट लिए ।

     

    प्रतिक्रिया
    थप समाचार