Online Nepal शनिबार, बैशाख २२ २०८१

नेपाली ‘ए’ विरुद्धको एकदिवसीय शृंखलामा आयरल्यान्डको ‘क्लिन स्विप’

नेपाली ‘ए’ विरुद्धको एकदिवसीय शृंखलामा आयरल्यान्डको ‘क्लिन स्विप’


मध्यान्तर
  • आइतबार, चैत्र २५ २०८०

  • काठमाडौँ । तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट प्रतियोगितामा आइतबार आयरल्यान्ड ‘ए’ ले नेपालको ‘ए’ टोलीलाई ६९ रनले हराएको छ । जितसँगै आयरल्यान्डले तीन खेलको शृंखलामा ‘क्लिन स्विप’ पनि गरेको छ ।

    योसँगै तीन खेलको सिरिजमा नेपाल ए ले ‘क्लिनस्विप’को हार व्यहोरेको छ । २८५ रनको लक्ष्य पछ्याएको नेपाल ३९.४ ओभरमा २१५ रनमा अल आउट भयो । ओपनर अर्जुन कुमालले ११८ बलमा १४ चौकासहित १०२ रनको शतकीय इनिङ खेले । सिनियर क्रिकेट र लिस्ट ए मा उनको पहिलो शतक । यू १९ अन्तर्राष्ट्रियमा भने दुई शतक हानेका छन् ।

     

     

    प्रतिक्रिया
    थप समाचार