Online Nepal बुधबार, जेष्ठ २ २०८१

साउदी आक्रमणका कारण कच्चा तेलको मूल्य बढ्यो

साउदी आक्रमणका कारण कच्चा तेलको मूल्य बढ्यो


मध्यान्तर
  • सोमबार, भाद्र ३० २०७६

  • काठमाडौं । साउदी अरबको तेल प्रशोधन केन्द्रमा शनिवार ड्रोन आक्रमण भएपछि अन्तराष्ट्रिय बजारमा तेलको मूल्य १० प्रतिशतले बढेको छ ।

    सोमवार एसियाली बजारहरूमा आरम्भिक कारोबारमा मूल्यवृद्धि देखियो र यसको असर संसारभरि पर्न सक्छ । आक्रमणका कारण संसारको सबभन्दा ठूलो कच्चा तेल उत्पादकको आपूर्ति लगभग आधा भएको छ र मूल्य बढेको छ । ड्रोन आक्रमणमा परेका प्रशोधन केन्द्रहरूमा ५७ लाख ब्यारल कच्चा तेल दिनदिनै उत्पादन हुने गर्थ्यो र त्यो अहिले ठप्प छ ।

    साउदी अरबको कुल उत्पादनको लगभग आधा र वैश्विक कच्चा तेल आपूर्तिको ६ प्रतिशत भाग यस प्रशोधन केन्द्रले ओगट्छ । यसकारण संसारभरि आपूर्ति घट्ने र मूल्य बढ्ने खतरा बढेको छ ।

    प्रतिक्रिया
    थप समाचार