Online Nepal बिहिबार, बैशाख २० २०८१

नबिल बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले वृद्धि

नबिल बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले वृद्धि


मध्यान्तर
  • शुक्रबार, बैशाख ७ २०८१

  • काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य अंकले घटेको छ ।

    बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ नाफा गरेको थियो । यो गत आर्थिक वर्षको तुलनामा खुद नाफा ८.७६ प्रतिशतले घट्न पुगेको हो ।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले बढेर १२ अर्ब १० करोड ११ लाख रुपैयाँबाट बृद्धि भई १२ अर्ब ५५ करोड १३ लाख रुपैयाँ पुगेको छ । बैंकको ब्याज आम्दानी बढेपनि खुद नाफा भने घटेको छ ।

    बैंकको इम्पेयरमेन्ट चार्ज २ दशलव ८७ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकको उक्त चार्ज ३ अर्ब ३३ करोडबाट घटेर ३ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १०.७२ प्रतिशतले घटेर ६ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ ।

    यो अबधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । २७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैंकको जगेडा कोषमा २७ अर्ब ७८ करोड रुपैयाँ छ ।

    नाफासँगै बैंकको ईपीएस पनि झिनो अंकले घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २५ रुपैयाँ २१ पैसाबाट घटेर २३ रुपैयाँ २४ पैसा रहेको छ ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार