Online Nepal बिहिबार, बैशाख २० २०८१

ग्लोबल आइमाई बैंकको खुद ब्याज आम्दानी १०.४९ प्रतिशतले वृद्धि

ग्लोबल आइमाई बैंकको खुद ब्याज आम्दानी १०.४९ प्रतिशतले वृद्धि


मध्यान्तर
  • शुक्रबार, बैशाख ७ २०८१

  • काठमाडौं । ग्लोबल आइमाई बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक बित्तिय विवरण आज प्रकाशित गरेको छ । यस बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

    तर बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.१३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

    खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३५.५९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १३.७४ प्रतिशत बढेको छ।

    बैंकको निष्क्रिय कर्जा ३.९६ प्रतिशतबाट बढेर ४.७४ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ५ अर्ब २६ करोड पुगेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा र खुद नाफा दुबै घट्न पुगेको हो।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ८८ पैसा घटेर १२ रुपैयाँ २० पैसामा झरेको छ।

    ३६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यो बैंकको जगेडा कोषमा २२ अर्ब रुपैयाँ सञ्चित छ। बैंकले चैत मसान्तसम्ममा ४ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

     

    प्रतिक्रिया
    थप समाचार