Online Nepal बिहिबार, बैशाख २० २०८१

मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच सम्झौता


मध्यान्तर
  • शुक्रबार, बैशाख ७ २०८१

  • काठमाडौं । मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच सम्झौता भएको छ । दुवै संस्थाबीच वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन वित्तीय साक्षरता, बैंकिङ परामर्श, प्रशिक्षण तथा विकासका कार्यक्रम सञ्चालन गर्न उक्त बिहीबार सम्झौता भएको बैंकले जनाएको छ ।

    सम्झौतापत्रमा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङ र फाइनान्स फ्रेन्डका अध्यक्ष रमेशप्रसाद जोशीले हस्ताक्षर गरेका हुन् ।

    यस बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

    त्यसैगरी, यस बैंकले प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्माजस्ता सेवाहरू बैंकको शाखामा उपस्थित नभई गर्न सकिने व्यवस्था पनि गरेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार