Online Nepal शनिबार, बैशाख २२ २०८१

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा


मध्यान्तर
  • बिहिबार, बैशाख १३ २०८१

  • काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले वेस्ट इन्डिज ‘ए’ सँग ५ खेलको श्रृंखला खेल्ने नेपाली टिमको घोषणा गरेको छ ।

    क्यानले आज नेपाली टिमको घोषणा गरेको हो । रोहितकुमार पौडेलको कप्तानीमा घोषित नेपाली टिममा रोहित पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा, विवेक यादव र आकाश चन्द छन्।

    नेपालसँग सिरिज खेल्न वेष्ट इन्डिजको टिम बुधबार नोपल आएको छ । उक्त टोलीलाई क्यानका क्रिकेट म्यानेजर विनोद दासले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र वेस्ट इन्डिज एबीच शनिबार पहिलो खेल हुनेछ। वेस्ट इन्डिज टोलीको पहिलो पटक‌ नेपाल भ्रमणमा आएको हो ।

    नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते , चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।

    ओमानमा आइतबार सम्पन्न एसीसी प्रिमियर कपमा‌ भाग लिएर नेपाली क्रिकेट टोली सोमबार राति स्वदेश आइपुगेका छन् ।

    प्रतिक्रिया
    थप समाचार