Online Nepal सोमबार, जेष्ठ ७ २०८१

सानिमा रिलायन्सको व्यवसाय दोब्बरले वृद्धि हुँदा जीवन बीमा कोष साढे १३ अर्ब माथि

सानिमा रिलायन्सको व्यवसाय दोब्बरले वृद्धि हुँदा जीवन बीमा कोष साढे १३ अर्ब माथि


मध्यान्तर
  • शुक्रबार, बैशाख २८ २०८१

  • काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

    ४ अर्ब १८ करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ३० करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ९२।९४ प्रतिशतले वृद्धि भएको हो ।

    चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीको महाविपत्ती कोषमा १२ करोड ६९ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ९९ करोड ७२ लाख रुपैयाँ रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७९ /८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ९१ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार २४.१४ प्रतिशतले वृद्धि भएर १३ अर्ब ५५ करोड पुगेको छ ।

    चैत्र मसान्तसम्ममा कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ११८.९३ प्रतिशतले वृद्धि भएको हो ।

    समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २६ करोड १९ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३८ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो । कम्पनीले यस अवधिमा ४ अर्ब १ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११७.०७ प्रतिशतले वृद्धि भएको हो ।

    समिक्षा अवधिमा कम्पनीले ४३ करोड ३१ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ९६ लाख रुपैयाँ खर्चिएको थियो । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९.७१ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १२६.९९ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार