Online Nepal सोमबार, जेष्ठ ७ २०८१

बाबा एजुकेशनले खोल्यो बसुन्धरामा नयाँ शाखा

बाबा एजुकेशनले खोल्यो बसुन्धरामा नयाँ शाखा


मध्यान्तर
  • शुक्रबार, मंसिर २७ २०७६

  • काठमाडौं । पछिल्लो समय उच्चशिक्षा प्राप्त गर्न नेपालबाट अष्ट्रेलिया जान चाहने नेपाली बिद्यार्थीहरूको संख्या क्रमश बढ्न थालेको छ । यो बिचमा लामो समयदेखी नेपाली बिद्यार्थीहरूको बिश्वास जितिरहेको बाबा एजुकेशन कन्सल्टेन्सीले पनि बिद्यार्थीहरूको सेवा र सुबिधालाई ध्यानमा राखेर आफ्नो कार्यालयहरू बिस्तार गर्ने क्रमलाई पनि निरन्तरता दिइरहेको छ । यसै क्रममा कन्सल्टेन्सीले काठमान्डौको बशुन्धरा चौकमा आफ्नो अर्को शाखा सन्चालनमा ल्याएको छ ।

    अष्ट्रेलियाको सिड्नीमा हेड अफिस र काठमाडौंको न्यूरोडमा कर्पोरेट अफिस रहेको बाबाले यस अघि भक्तपुर, पोखरा र इटहरीबाट सेबा प्रदान गरिरहेको छ ।

    बाबाको बसुन्धरामा रहेको शाखाको चर्चित गायक प्रकाश सपुतले उद्घाटन गरेका हुन् । ‘अहिले शिक्षा र गीत संगीत एक अर्काका परिपूरक हुन । जसरी संगीत बिना जिबन अधुरो हुन्छ, त्यस्तै शिक्षा बिना जिबन अन्धकार हुन्छ । अब हामीले यी कुराहरूलाई संगै अगाडि बनाउनु पर्छ’ –प्रकाशले भने ।

    कार्यक्रममा बाबा एजुकेशनका काठमाण्डौ निर्देशक राजेन्द्रकुमार शर्माले आगामी दिनमा अन्य क्षेत्रमा पनि बाबालाई बिस्तार गरेर अष्ट्रेलिया पुगेर उच्चशिक्षा हासिल गर्न चाहने नेपाली बिद्यार्थीहरूको पक्षमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

    प्रतिक्रिया
    थप समाचार