Online Nepal सोमबार, असार २३ २०८२

पक्राउ परेको एक हप्तामै छुटे काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल

पक्राउ परेको एक हप्तामै छुटे काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल


मध्यान्तर
  • आइतबार, असार २२ २०८२

  • काठमाडौं । काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेको हप्ता दिनमै छुटेका छन् ।

    चेक बाउन्सको उजुरीका आधारमा गत १३ असारमा पक्राउ परेका भेटवाल अदालतले म्याद थप नगरिदिएपछि गत १९ असारमा छुटेका हुन् ।

    १३ असारमा पक्राउ परेका भेटवाललाई सोही दिनबाट गणना हुनेगरी १५ असारमा ६ दिनको म्याद थप गरिएको थियो । उनी पक्राउ परेलगत्तै सुटुक्क अस्पताल भर्ना भएका थिए ।

    करिब १० करोड रुपैयाँको चेक बाउन्स आरोपमा उनी पक्राउ परेका थिए ।

    प्रतिक्रिया
    थप समाचार