Online Nepal आइतबार, बैशाख १६ २०८१
समाचार

गायक पुस्कर  र गायिका पारुले ल्याए “आयो है तिहार” ( भिडियो सहित सहित)

गायक पुस्कर  र गायिका पारुले ल्याए “आयो है तिहार” ( भिडियो सहित सहित)

देउसी र भैलो गीत


मध्यान्ह
  • सोमबार, कार्तिक १९ २०७५

  • काठमाण्डौ – गायक पुस्कर सुनुवार र गायिका पारु रन्जितले तिहारको माहोललाई मध्ये नजर गर्दै नेपाली गीत संगीत प्रेमीहरुका लागी (आयो है तिहार) देउसी र भैलो गीत सार्वजनिक गरेका हुन् छन् ।

    देउसी भैलो गीतलाई किरण के उप्रेतीले रचना गरेका छन् भने संगीत र संगीत संयोजन गायक / संगीतकार पुस्कर सुनुवारलेुनै गरेका छन् । पछिल्लो समय सिंगापुर र थाईल्याण्डमा भएको बक्स अफिस म्युजिक अवार्डमा गायकर संगीतकार पुस्कर सुनुवारुले सर्बोत्कृष्ट गायकको अवार्ड जितेका थिए भने, गायिका पारु रन्जितले बक्स अफिस म्युजिक अवार्डमा सर्बोत्कृष्ट तीज गायिका अवार्ड जितेकी थिइन् ।

    अहिले भने गायक पुस्कर सुनुवार र गायिका पारु रन्जितले माहोल अनुसार देउसी भैलो गीतको भिडियो सार्वजनिक गरेका छन् । गीतमा कजिश श्रेष्ठको निर्देशन, मोहन सुनुवार (नबिन)को भिडियो सम्पादन ,अजय रेग्मीको छायांकन रहेको छ भने, अभिनयमा कजिश श्रेष्ठ, मनु मगर, केशब बिश्वकर्मा, प्रमिला पुन ,रेश्मा बोम्जन, तथा टीमको रहेको छ । उक्त गीतको अडियो भिडियोलाई मेलोडी नेपाल प्रोडक्सनले बजारमा ल्याएको छ  ।

    प्रतिक्रिया
    थप समाचार