Online Nepal बुधबार, पुष ३० २०८२

एन आई सी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त

एन आई सी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त


मध्यान्तर
  • बुधबार, पुष ३० २०८२

  • काठमाडौँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगाल्नु भएकी अनुपा प्रधान राजभण्डारी यस बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएका छन् । नवनियुक्त सञ्चालक अनुपा प्रधान राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएका छन ।

    बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गर्नु भएको वहाँले तत्कालिन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व सम्हालेका थिए । बैंकको सञ्चालक पदमा नियुक्त भएकोमा अनुपा प्रधान राजभण्डारीज्यूलाई सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवार हार्दिक स्वागत तथा बधाई ज्ञापन गर्दछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार