Online Nepal मंगलबार, बैशाख १८ २०८१

विधि छलेर कोरियामा कामदार नपठाउन स्थानिय तहलाई श्रम मन्त्रालयको पत्र

विधि छलेर कोरियामा कामदार नपठाउन स्थानिय तहलाई श्रम मन्त्रालयको पत्र


मध्यान्तर संवाददाता
  • आइतबार, साउन ११ २०७७

  • काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले केही स्थानीय तहले सोझै कोरियाका कम्पनीसँग सम्झौता गरी आफ्ना क्षेत्रका युवालाई कोरियामा श्रम गर्न पठाउने तयारी गरिरहेको भन्दै त्यसो नगर्न संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत जानकारी गराएको छ । विधि छलेर कोरियामा कामदार पठाउन नसकिने स्मरण गराउँदै सरकारी प्रक्रियाको बारेमा स्थानीय तहहरुलाई जानकारी दिन श्रम मन्त्रालयले आग्रह गरेको हो ।

    कोरियाको हकमा झन भाषा परीक्षा पास गरेर ईपीसएस कोरिया शाखाले अघि बढाएको प्रक्रिया पुरा गरेर मात्रै काममा जान पाइन्छ । जसअनुसार ईपीएस कोरियन भाषा परीक्षा पास गरेर रोस्टरमा परेकाहरुमध्येबाट छानेर कोरियाली कम्पनीले आवश्यक कामदार लिन सक्छन् ।

    कोरियाका केही कम्पनीले स्थानीय तहसँग सम्झौता गरेर मौसमी कामदार लैजाने तयारी गरेको पत्तो पाएपछि मन्त्रालयले यस्तो ध्यानाकर्षण गराएको हो ।
    मन्त्रालयका एक अधिकारीका अनुसार कोरियामा कामदार आपूर्तिबारे कोरिया र नेपाल सरकारबीच सरकारी स्तरको समझदारी भएको छ ।

    त्यसरी जाने कामदारलाई भविष्यमा कुनै समस्यामा परे कोरियाली सरकार जिम्मेवार नबन्ने हुनाले उद्दार र सहयोग गर्न असहज हुने श्रम मन्त्रालयको भनाइ छ ।

    प्रतिक्रिया
    थप समाचार