Online Nepal बुधबार, जेष्ठ २ २०८१

पछिल्लो २४ घण्टामा देशैभर १०६९ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशैभर १०६९ जनामा कोरोना संक्रमण


मध्यान्तर संवाददाता
  • मंगलबार, भाद्र १६ २०७७

  • काठमाडौं । देशैभर पछिल्लो २४ घण्टामा थप १०६९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमाार्फत उल्लेखित संख्हयामा कोरोना संक्रमित भएको पुष्टि गरे । संक्रमित मध्यमा महिला ३४४ र पुरुष ७२५ रहेका छन् । आजको संख्यासहित देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार ५२९ पुगेको छ ।

    यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको गौतमले जानकारी दिए ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ । यस्तै संस्थागत आइसोलेशनमा १० हजार ८३२ र होम आइसोलेशनमा ७ हजार २८० जना रहेका छन् । १२ हजार ८८ जनाको पीसीआर परीक्षण भएको गौतमले बताए ।
    यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ७६८ रहेको छ भने कुल निको हुनेको संख्या २२ हजार १७८ रहेको छ । यस्तै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ ।

    प्रतिक्रिया
    थप समाचार