Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

कोरोना भाइरसले मृत्यु हुनेको संख्या २३९ पुग्यो, आज मात्रै ११ जनाले ज्यान गुमाए

कोरोना भाइरसले मृत्यु हुनेको संख्या २३९ पुग्यो, आज मात्रै ११ जनाले ज्यान गुमाए


मध्यान्तर संवाददाता
  • मंगलबार, भाद्र १६ २०७७

  • इन्टरनेटबाट सांकेतिक तस्वीर

    काठमाडौं । कोरोना भाइरसका कारण मंगलबार देशभर थप ११ जनाले ज्यान गुमाएका छन् योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २३९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमार्फत उल्लेखित संख्यामा कोरोना संक्रमण कारण मृत्यु भएको पुष्टि गरे ।

    यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता गौतमले महिला ३४४ र पुरुष ७२५ गरी १०६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ । उनका अनुसार संक्रमितको कुल संख्या जम्मा ४० हजार ५२९ पुगेको हो ।

    यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको गौतमले जानकारी दिए । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ।

    यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ७६८ रहेको छ भने कुल निको हुनेको संख्या २२ हजार १७८ रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार