Online Nepal बुधबार, जेष्ठ २ २०८१

भक्तपुरमा कोरोना संक्रमणले एकाघरका आमा पछि छोराको मृत्यु

भक्तपुरमा कोरोना संक्रमणले एकाघरका आमा पछि छोराको मृत्यु


मध्यान्तर
  • बुधबार, भाद्र १७ २०७७

  • इन्टरनेटबाट सांकेतिक तस्वीर

    काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भदौ ४ गते कोरोना संक्रमण पुष्टि भइ उपचारको क्रममा पाटन अस्पतालमा मंगलबार राति मृत्यु भएको हो ।

    मध्यपुर थिमी नगरपालिका– ७ का ४० वर्षिय ति युवककोअस्पतालको भेन्टिलेटरमा राखेर उपचारका क्रममा मृत्यु भएको उपमेयर अञ्जनादेवी मधिकर्मीले जानकारी दिइन् ।

    युवकमा कोरोना संक्रमण देखिएपछि परिवारका सदस्यहरुमा परीक्षण गर्दा उनको बाबु, आमा, पत्नी र दुई छोराछोरीमा पनि संक्रमण पुष्टि भएको थियो ।

    कोरोना संक्रमणकै कारण उनकी आमाको भदौ १३ गते पाटन अस्पतालमै मृत्यु भएको मधिकर्मीले बताइन् ।

    युवकको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ भने उनको बाबु, गर्भवती श्रीमती र छोराछोरी होम आइसोलेसनमा नै रहेका उपमेयर मधिकर्मीले जानकारी दिइन् ।

    प्रतिक्रिया
    थप समाचार