Online Nepal बुधबार, जेष्ठ २ २०८१

देशभर २४ घण्टामा थपिए ११२० जना कोरोना संक्रमित

देशभर २४ घण्टामा थपिए ११२० जना कोरोना संक्रमित


मध्यान्तर संवाददाता
  • बुधबार, भाद्र १७ २०७७

  • काठमाडौं । देशैभर पछिल्लो २४ घण्टामा ११२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । ३२० महिला र ८०० पुरुष गरी गरी उल्लेखित संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमार्फत दिएको जानकारी अनुसार आज थिएका कोरोना संक्रमितसहित देशभर कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।

    उनका अनुसार आज काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना रहेका छन् ।

    यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ । यस्तै संस्थागत आइसोलेशनमा १० हजार ४९३ रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ६१५ जना रहेका छन् ।

    यसैगरी बितेको २४ घण्टामा १ हजार ११२ जना निको भएका छन् भने देशभर कुल निको हुनेको संख्या २३ हजार २९० पुगेको छ ।

    प्रतिक्रिया
    थप समाचार