Online Nepal बुधबार, जेष्ठ २ २०८१

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु


मध्यान्तर
  • बुधबार, भाद्र १७ २०७७

  • इन्टरनेटबाट सांकेतिक तस्वीर

    काठमाडौं । बुधबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार देशभर कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फ सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं र चितवनमामा ३–३ जनाको मृत्यु भएको छ । ए । काठमाडौंका मृतकमा १ महिला र २ पुरुष रहेका छन् भने चितवनमा पनि २ महिला र १ पुरुषको मृत्यु भएको छ । त्यस्तै ललितपुर, तनहुँ र कपिलवस्तुमा पनि १–१ महिलाको मृत्यु भएको छ । यस्तै बाराका, भक्तपुर र धादिङका १–१ गरी ३ पुरुषको मृत्यु भएको छ ।

    यसैगरी बितेको २४ घण्टामा देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै हालसम्म देशभर कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।

    यसैगरी आज काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म देशभर कोरोनाबाट निको हुनेको कुल संख्या २३ हजार २९० पुगेको छ ।

    प्रतिक्रिया
    थप समाचार