Online Nepal बुधबार, जेष्ठ २ २०८१

कोरोना संक्रमण हुने चिकित्सकलाई क्वारेन्टिन वा आइसोलेसनमा राख्न होटल व्यवसायी महासंघ र चिकित्सक संघबीच सम्झौता

कोरोना संक्रमण हुने चिकित्सकलाई क्वारेन्टिन वा आइसोलेसनमा राख्न होटल व्यवसायी महासंघ र चिकित्सक संघबीच सम्झौता


मध्यान्तर
  • बिहिबार, भाद्र १८ २०७७

  • काठमाडौं । कोरोना भाइरसको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण भए आइसोलेसन तथा क्वारेन्टिनमा राख्न होटल व्यवसायी महासंघ नेपाल र नेपाल चिकित्सक संघबीच सम्झौता भएको छ । कोरोनाविरुद्धको लडाईंमा फ्रन्टलाइनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई हर तरहबाट उल्लेख्य सहयोग पुर्याउनुपर्ने खाँचो महसुस गर्दै दुवै संगठनबीच क्वारेन्टिन तथा आइसोलेसन सम्बन्धी सम्झौता भएको जनाइएको छ ।

    सम्झौताअनुसार चिकित्सकहरुलाई आइसोलेसन तथा क्वारेन्टिनमा राखेबापत होटलले पाउने भुक्तानी स्वयं चिकित्सक वा निजले काम गर्ने स्वास्थ्य संस्थाले चेकआउट हुनुपूर्व सम्पूर्ण भुक्तानी गर्नुपर्नेछ । होटलहरुको शुल्क र अन्य आवश्यक जानकारीका लागि होटल व्यवसायी महासंघका प्रतिनिधि तथा चिकित्सक संघका प्रतिनिधिलाई सम्पर्क गर्नुपर्ने छ ।

    दुवै संगठनबीच भदौ ८ गतेको संयुक्त बैठकले निर्णय गरेअनुसार यस्तो सहकार्य भएको होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाह र नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

    हेर्नुहोस विज्ञप्ति

    प्रतिक्रिया
    थप समाचार