Online Nepal बुधबार, जेष्ठ २ २०८१

काठमाडौं उपत्यकामा विहिबार थपिए ४४५ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा विहिबार थपिए ४४५ जना कोरोना संक्रमित


मध्यान्तर संवाददाता
  • बिहिबार, भाद्र १८ २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमार्फत काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना गरी उल्लेखित संख्यामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

    देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ६७१ र होम आइसोलेशनमा ७ हजार ७४२ जना रहेका छन् । आज १३ हजार ४१३ जनाको पीसीआर भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा ९१७ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २४ हजार २०७ पुगेको डा. गौतमले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    थप समाचार