Online Nepal बुधबार, जेष्ठ २ २०८१

पछिल्लो २४ घण्टामा देशैभर १२२८ जना कोरोना संक्रमित थपिए, कुल संख्या ४२ हजार ८७७ पुग्यो

पछिल्लो २४ घण्टामा देशैभर १२२८ जना कोरोना संक्रमित थपिए, कुल संख्या ४२ हजार ८७७ पुग्यो


मध्यान्तर संवाददाता
  • बिहिबार, भाद्र १८ २०७७

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार देशैभर १२२८ जना कोरोना संक्रमित थपिएको जनाएको छ । १३ हजार ४१३ जनाको पीसीआर परिक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा कोरोना संक्रमण देखिएको हो । यससँगै देशभर कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिए ।

    यसैगरी बिहीबार उपत्यकामा थप ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना रहेका छन् ।

    यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ६७१ र होम आइसोलेशनमा ७ हजार ७४२ जना रहेका छन् ।

    यस्तै बितेको २४ घण्टामा ९१७ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २४ हजार २०७ पुगेको छ । यस्तै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ। बितेको २४ घण्टामा ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार