Online Nepal मंगलबार, जेष्ठ १ २०८१

कोरोनाले पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाए, मृत्यु हुनेको संख्या २५७ पुग्यो

कोरोनाले पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाए, मृत्यु हुनेको संख्या २५७ पुग्यो


मध्यान्तर
  • बिहिबार, भाद्र १८ २०७७

  • काठमाडौं । स्वास्थ्य मन्त्रालयले विहिबार सार्वजनिक गरेको विवरण अनुसार बितेको २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । मृतकमा चितवन, भक्तपुर, तनहुँ र रुपन्देहीका ४ महिला रहेका छन् भने सिन्धुपाल्चोक र रुपन्देहीका २ पुरुष रहेका छन् । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ ।

    त्यस्तै बिहीबार देशैभर १२२८ जना कोरोना संक्रमित थपिएका छन् । १३ हजार ४१३ जनाको पीसीआर परिक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा कोरोना संक्रमण देखिएको हो । यससँगै देशभर कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिए ।

    यसैगरी बिहीबार उपत्यकामा थप ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना रहेका छन् ।

    यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ६७१ र होम आइसोलेशनमा ७ हजार ७४२ जना रहेका छन् ।

    प्रतिक्रिया
    थप समाचार