Online Nepal मंगलबार, जेष्ठ १ २०८१

देशैभर पछिल्लो २४ घण्टामा १३५९ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ४४२३६ पुग्यो

देशैभर पछिल्लो २४ घण्टामा १३५९ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ४४२३६ पुग्यो


मध्यान्तर संवाददाता
  • शुक्रबार, भाद्र १९ २०७७

  • काठमाडौं । देशैभर पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण भएको छ । संक्रमित हुनेमा महिला ४६४ र पुरुष ८९५ रहेका छन् ।

    यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबार नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिए ।

    यस्तै काडमाडौं उपत्यकामा मात्रै ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । डा. गौतमले काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

    यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ७०४ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ९४२ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ४६२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १,३५४ जना निको भएका छन् भने कुल निको हुनेको संख्या २५,५६१ पुगेको छ।

    प्रतिक्रिया
    थप समाचार