Online Nepal मंगलबार, जेष्ठ १ २०८१

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाए, मृत्यु हुनेको संख्या २७१ पुग्यो

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाए, मृत्यु हुनेको संख्या २७१ पुग्यो


मध्यान्तर
  • शुक्रबार, भाद्र १९ २०७७

  • इन्टरनेटबाट सांकेतिक तस्वीर

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले संकलन गरेको विवरण अनुसार शुक्रबार देशैभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप १४ जनाले ज्यान गुमाएका छन् । यसरी मृत्यु हुनेमा महिला ४ र पुरुष १० जना रहेका छन् ।

    शुक्रबारको नियमित प्रेस ब्रिफिङमार्फत मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर थप १४ जनाले ज्यान गुमाएसँगै मृतकको कुल संख्या २७१ पुगेको जानकारी दिए ।

    त्यस्तै देशैभर पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण भएको छ । संक्रमित हुनेमा महिला ४६४ र पुरुष ८९५ रहेका छन् ।  यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको डा. गौतमले बताए ।

    यस्तै काडमाडौं उपत्यकामा मात्रै ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । डा. गौतमले काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

    यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ७०४ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ९४२ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ४६२ जना रहेका छन् ।

    पछिल्लो २४ घण्टामा १,३५४ जना निको भएका छन् । हालसम्म कुल निको हुनेको संख्या २५,५६१ पुगेको छ।

    प्रतिक्रिया
    थप समाचार