Online Nepal मंगलबार, जेष्ठ १ २०८१

काठमाडौं उपत्यकामा आज ४०८ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ४०८ जना कोरोना संक्रमित थपिए


मध्यान्तर
  • शनिबार, भाद्र २० २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा आज थप ४०८ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालय तथा जनसंख्या प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमार्फत काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुर ४५ गरी ४०८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

    यस्तै देशभर भने १०४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा महिला ३४९ र पुरुष ६९२ जना रहेका छन् । यससँगै देशमा हालसम्म कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५६६ जना रहेको छ भने कुल निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ मनत्रालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार