Online Nepal आइतबार, बैशाख १६ २०८१

सोमबार काठमाडौं उपत्यकामा मात्रै ३२६ जनामा कोरोना संक्रमण

सोमबार काठमाडौं उपत्यकामा मात्रै ३२६ जनामा कोरोना संक्रमण


मध्यान्तर संवाददाता
  • सोमबार, भाद्र २२ २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ३२६ जनामा कोरोनाभाइरस संक्तमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्क्ता डा. जागेश्वर गौतमले उपत्यकामा ३२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । जसमा काठमाडौंमा २९१ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको छ ।

    यस्तै बितेको २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ ।

    यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ६९ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार १९० रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ७३६ रहेको छ । त्यसैगरी ३० हजार ६७७ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ रहेका छन् ।

    आज ९,२१८ जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्म ७ लाख ७७ हजार ५६३ जनाको पीसीआर परीक्षण भएको छ ।
    यसैबीच कोरोनाबाट बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ३०० पुगेको छ।

    प्रतिक्रिया
    थप समाचार