Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

आज देशभर १२४६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५० हजार नाघ्यो

आज देशभर १२४६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५० हजार नाघ्यो


मध्यान्तर
  • बिहिबार, भाद्र २५ २०७७

  • फाइल तस्बिर

    काठमाडौं । देशैभर पछिल्लो २४ घण्टामा थप १२ सय ४६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उल्लेखित संख्यामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । गौतमका अनुसार आजसम्म कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको छ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना रहेका छन् ।

    यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३५ हजार ७०० पुगेको छ । यस्तै आज ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको छ।

    यसैबीच कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३१७ पुगेको छ।

    प्रतिक्रिया
    थप समाचार