Online Nepal बुधबार, जेष्ठ २ २०८१

अन्तिम चरणमा पुगेर रोकियो कोरोना खोप, स्वास्थ्य विज्ञहरु निराश

अन्तिम चरणमा पुगेर रोकियो कोरोना खोप, स्वास्थ्य विज्ञहरु निराश


मध्यान्तर
  • शुक्रबार, भाद्र २६ २०७७

  • लण्डन । बेलायतमा कारोना (कोभिड १९) विरुद्ध विकास गरिएको खोप परिक्षणको अन्तिम चरणमा पुगेर रोकिएको छ । दुइपटक सम्म सफल परिक्षण भएको खोप तेस्रो चरणको परिक्षणमा एक व्यक्ति विरामी परेपछि रोकिएको हो ।

    बीबीसीका अनुसार परीक्षणमा सहभागी एकजना बिरामी परेपछि खोप विकासको काम अन्तिम चरणमा आएर रोकिनुलाई निराशाजनक अवस्था भनिएको छ । छिट्टै सफलता हासिल गर्ने अपेक्षा गरिएको यही काम नै रोकिँदा अन्योल सिर्जना हुनुका साथै निराशाजनक भएको स्वस्थ्य विज्ञहरुको भनाइ छ । के कारणले परिक्षणमा सहभागि भएकालाई प्रतिकुल असर देखियो भन्ने कुरा औषधि कम्पनी एस्ट्राजेनेकाले अझै थाहा नभएको जनाएको छ । कम्पनीले अक्सफोर्ड यूनिभर्सिटीसँग साझेदारी गरेर खोप विकास गरिरहेको छ ।

    रिपोर्ट अनुसार बिरामी परेका ती व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको छ । बीबीसीका मेडिकल सम्पादक फेर्गुस वाल्शले यस प्रक्रियाका लागि थप केही दिन लाग्‍नसक्ने बताएका छन् । उनका अनुसार खोप परीक्षणको प्रक्रिया स्थगित पहिला पनि सुनिएको थियो ।

    स्वयंसेवीलाई सञ्चो नभएर अस्पताल भर्ना भएको खण्डमा उनको स्वास्थ्य समस्याको कारण स्पष्ट नहुन्जेल अध्ययनलाई रोकिने उनले बताए । अक्सफोर्डका प्रवक्ताले भने यस्तो ठूलो परीक्षणमा कुनै कारणले बिमारी देखिएको अवस्थामा यसबारे राम्ररी जाँच्‍न स्वतन्त्र समीक्षा गरिनुपर्ने प्रतिक्रिया दिएका छन् ।

    तर यस्तो समस्या देखिएर अध्ययन रोकिएको यो पहिलो पटक नभएको बीबीसीमा प्रकाशित रिपोर्टमा उल्लेख छ । गत एप्रिलमा सहभागीहरूलाई कोरोनाभाइरसविरुद्ध लड्ने क्षमता विकास गर्न पहिलो पटक खोप दिइएपछि सहभागीमा समस्या देखिएको यो दोस्रो अवसर भएको रिपोर्टमा छ ।

    #समाचार एजेन्सिबाट

    प्रतिक्रिया
    थप समाचार