Online Nepal बुधबार, जेष्ठ २ २०८१

केन्द्रीय कारागारमा रहेका कैदीबन्दीमा मृत्युपछि कोरोना पुष्टि

केन्द्रीय कारागारमा रहेका कैदीबन्दीमा मृत्युपछि कोरोना पुष्टि


मध्यान्तर संवाददाता
  • शुक्रबार, भाद्र २६ २०७७

  • काठमाडौं । केन्द्रीय कारागारमा रहेका कैदीबन्दीमा मृत्युपश्चात कोरोना संक्रमण पुष्टि भएको छ । भदौ १६ गते मृत्यु भएका ३ जना र भदौ १९ गते मृत्यु भएका १ जनाको कोरोना संक्रमण पुष्टि भएको कारागार प्रशासनले जनाएको छ ।

    केन्द्रीय कारागारमा रहेका कैदीबन्दीमध्ये ४ जनाको भदौ १६ गते मृत्यु भएको थियो । तीमध्ये एक जनाको मृत्युअघि नै कोरोना पुष्टि भएको जेलर लक्ष्मी बास्कोटाले जानकारी दिए ।

    केन्द्रीय कारागारकै अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका उनिहरुमध्ये २ जना जबर्जस्ती करणी र २ जना कर्तव्य ज्यान मुद्धामा सजाय भोगिरहेका बास्कोटाले जानकारी दिए ।

    प्रतिक्रिया
    थप समाचार