Online Nepal बुधबार, जेष्ठ २ २०८१

कोरोना नियन्त्रणका लागि छुट्टै संसदीय समिति गठनको माग

कोरोना नियन्त्रणका लागि छुट्टै संसदीय समिति गठनको माग


मध्यान्तर
  • शुक्रबार, भाद्र २६ २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकाका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर कोरोना नियन्त्रणका लागि सरकारले गरेका कामको अनुगमन गर्न संसदीय समिति गठन गर्न माग गरेका छन् ।  विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना अहिले  उपत्यकामा दिन दिनै बढेको बढ्यै भएको  तथा देशभरीको जनजीवन प्रभावित बनेको भन्दै सांसदहरुले सभामुखलाई भेटेर छुट्टै संसदीय समिति गठनको माग गरेका हुन् ।

    अहिलेको अवस्थामा संसदमा रहेका समितिहरुको छुट्टा छुट्टै बैठक बसेर आवश्यक निर्णयहरु भएपनि प्रभावकारी नदेखिएकाले छुट्टै समिति गठनका लागि माग गरिएको सांसद भीमसेनदास प्रधानले बताए । संसदमा १६ समिति भएपनि भूमिका प्रभावकारी नभएकाले सभामुखको नेतृत्वमा सरकारलाई राय सुझाव दिने र अनुगमन गर्ने सबैको प्रतिनिधित्व हुनेगरी संसदीय समिति बनाउनुपर्ने माग गरिएको उनले बताए ।

    अर्का सांसद राजेन्द्र श्रेष्ठले कोरोना महामारी संकटको सामना गर्न सर्वपक्षीय संयन्त्रको आवश्यता भएपनि सरकारले त्यतातिर ध्यान नदिएकाले संसदीय समितिको आवश्यकता देखिएको बताए ।  भेटपछि सभामुख सापकोटाले सकारात्मक प्रतिकृया दिएको सांसद  भिसेनदास प्रधानले बताए । ऐन, नियममा टेकेर सबै दलहरुको सहमतिमा संसदीय समिति निर्माण गर्ने प्रकृया अगाडी बढाउने प्रतिबद्धता सभामुख सापकोटाले गर्नुभएको उनले बताए ।

    प्रतिक्रिया
    थप समाचार