Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

ललितपुरको पाटन र मेघा अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु

ललितपुरको पाटन र मेघा अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु


मध्यान्तर
  • शनिबार, भाद्र २७ २०७७

  •  काठमाडौं । आज बिहान ललितपुरको पाटन  अस्‍पतालमा उपचाररत २  जना र मेघा अस्पतालमा १जना गरि ३ जना  कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु हुनेमा दुई जना भक्तपुरका र एक जना काठमाडौंका हुन् ।
    पाटन अस्पतालमा उपचाररत काठमाडौं निवासी ५१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । यही भदौ १९ गतेदेखि अस्पतालमा उपचार गराइरहेका उनको आज बिहान २ बजे मृत्यु भएको छ भने त्यस्तै ललितपुरकै पाटन अस्पतालमा अर्का  उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।
    उनको गएराति ९ः४५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।यस्तै ललितपुरकै मेघा अस्पतालमा उपचार गराइरहेका भक्तपुर निवासी ३८ वर्षीय पुरुषको पनि आज बिहान ७ः४० बजे मृत्यु भएको स्वास्थ कार्यलय ललितपुरले जनाएको छ । उनी भदौ २६ गते मात्रै अस्पतालमा भर्ना भएका थिए ।

    प्रतिक्रिया
    थप समाचार