Online Nepal बुधबार, जेष्ठ २ २०८१

बिध ल्याबको अफरः अब २ हजारमै कोरोना परिक्षण

बिध ल्याबको अफरः अब २ हजारमै कोरोना परिक्षण


मध्यान्तर
  • आइतबार, भाद्र २८ २०७७

  • काठमाडौं । बिध ल्याबले कोरोना परीक्षणको शुल्क  घटाएर २ हजार बनाएको छ। ४ हजारमा कोरोना परीक्षण गराउँदै आएको यस ल्याबमा अब २ हजारमै पिसिआर परीक्षण गराउन सकिने भएको हो । सरकारको कोरोना परीक्षणको दायरा बढाउने नीतिमा सहयोग पुग्ने हिसाबले परीक्षण शुल्क घटाइएको बिध म्यानेजमेन्ट प्रालिले जनाए अनुसार बढ्दो संक्रमणलाई मध्यनजर गर्दै परीक्षणको दायरा बढाउनु पर्ने अवस्था रहेकाले परीक्षण शुल्क घटाइएको हो ।

    अब यो कोरोना उन्मुलन गर्नपर्ने  बेलामा ‘हामीले ल्याबमा लाग्ने खर्चमात्र राखेर सरकारलाई कोरोना परीक्षणको दायरा बढाउन सहयोग पुग्ने उद्देश्यले रेट घटाएका हौं ।  बिधका अनुसार यो योजना अहिलेलाई ३० दिनका लागि मान्य हुनेगरि शुल्क घटाइएको हो । सरकार र जनस्तरबाट आएको प्रतिक्रियाबाट समन्वय गरेर आवश्यक परेको खण्डमा ३० दिनपछि पुनः शुल्कबारे सोच्न सकिने जनाएको  छ ।

    सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै ल्याबले ध्वस्त हुँदै गएको अर्थतन्त्रलाई पनि ध्यान दिनेगरी कम शुल्कमा धेरै परीक्षण गराउन लागि परेको उनले बताएको छ । यसमा  वैदेशिक रोजगारीमा जानेहरुका लागि अझै १ सय छुट गरिएको बिधले जनाएको छ  दुःख पाएर विदेश जानपर्ने अवस्था भएर रोजगारीको शिलशिलामा जानेहरुका लागि  अब १९ सय रुपैयाँमा नै कोरोना परीक्षण हुनेेछ ।

    गत १३ साउनमा सरकारबाट मान्यता लिएर कोरोना परीक्षण गराउँदै आएको यस ल्याबले यसअघि पनि सरकारले तोकेको भन्दा सस्तोमा परीक्षण गराउँदै आएको थियो । ल्याबले दैनिक ४ हजार भन्दा बढी कोभिड परीक्षण गर्न सक्छ।

    प्रतिक्रिया
    थप समाचार