Online Nepal बुधबार, जेष्ठ २ २०८१

पछिल्लो २४ घण्टामा १०३९ जनामा कोरोना संक्रमण, निको भएर घर फर्किने ११७३ जना

पछिल्लो २४ घण्टामा १०३९ जनामा कोरोना संक्रमण, निको भएर घर फर्किने ११७३ जना


मध्यान्तर संवाददाता
  • आइतबार, भाद्र २८ २०७७

  • फाइल तस्बिर

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको कोरोना संक्रमणको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जोश्वर गौतमले आइतबार नियमित प्रेस ब्रिफिङमार्फत देशभर १०३९ जनामा कोरोना संक्रमण पुष्टि विवरण सार्वजनिक गरेका हुन् । योसँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।

    प्रवक्ता गौतमका अनुसार हाल देशभर सक्रीय संक्रमितको संख्या १५हजार ११७ रहेको छ । यस मध्ये संस्थागत आइसोलेसनमा रहेका संक्रमित ७, ७३०जना रहेका छन्। होम आइसोलेसनमा रहने संक्रमितको संख्या ७, ३८७ छ ।

    २४ घण्टामा ९,१६५ पीसीआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ११७३ रहेको छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ३८,६९७ छ ।

    आइसीयूमा रहने कोरोना संक्रमित देशभर १६९ जना र भेन्टिलेटरमा रहने संक्रमित बिरामीको संख्या २३ रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    थप समाचार