Online Nepal शनिबार, बैशाख २२ २०८१

भट्टराई र राईको न्यूरोडमा एक्सिडेन्ट

भट्टराई र राईको न्यूरोडमा एक्सिडेन्ट

इन्दिरा भट्टराईको गायन रहेको यस गीतको भिडियोमा नायक भट्टराईको साथमा नायिका एलिसा राईको अभिनय रहेको छ ।


मध्यान्तर
  • बुधबार, पुष ११ २०७५

  • काठमाडौं- नायक श्रीदेव भट्टराई अभिनित नयाँ गीतको बोल नै एक्सिडेन्ट भयो न्यूरोडमा रहेको छ। यो गीतको भिडियोको छायाँकन काठमाडौंको चोभार लगायतका स्थानमा मंगलवार मंगलवार सम्पन्न भएको छ ।

    यो गीतको भिडियोमा अभिनय गर्दा नायक भट्टराई यो पुसको चिसोमा पनि मज्जाले तातिएको अग्रज संचारकर्मी भरत बमजनको जिकिर रहेको छ।

    गायिका इन्दिरा भट्टराईको गायन रहेको यस गीतको भिडियोमा नायक भट्टराईको साथमा नायिका एलिसा राईको बेजोड अभिनय रहेको छ।


    शव्द तथा संगीत लालबहादुर सुव्वाको रहेको यस गीतको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन्।भने गम्भिर विष्ट यसका निर्देशक हुन् रचांडै नै युट्युबको माध्यमवाट विश्वव्यापी रिलिज हुने निर्माण टिमले वताएको छ ।

    प्रतिक्रिया
    थप समाचार