Online Nepal बुधबार, जेष्ठ २ २०८१

उपत्यकामा ५९७ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा मात्रै ४८३ जना संक्रमित

उपत्यकामा ५९७ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा मात्रै ४८३ जना संक्रमित


मध्यान्तर संवाददाता
  • आइतबार, भाद्र २८ २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमार्फत विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा उल्लेखित संख्यामा कोरोना पुष्टि भएको जानकारी दिए ।

    उनका अनुसार काठमाडौंमा ४८३ ,भक्तपुरमा ८१ र ललितपुरमा ३३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सहित संक्रमितको संख्या ५३ हजार १२० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

    १५ हजार ११७ कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै मन्त्रालयका अनुसार होम आइसोलेसनमा ७३८७ रहेका छन् भने संस्थागत आइसोलेसनमा ७ हजार ७३० जना रहेका छन् । क्वारेन्टाइनमा ६ हजार ५३६ जना रहेका छन् । मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा ९ हजार १६५ पीसीआर परीक्षण गरिएको छ ।

    पछिल्लो २४ घण्टामा ११ सय ७३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ। यस्तै १६९ जना आइसीयू र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    नेपालमा कोरोनाबाट हालसम्म ३४५ जनाको मृत्यु भएको छ। आइतबार मात्रै ९ जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया
    थप समाचार