Online Nepal बुधबार, जेष्ठ २ २०८१

असोज १ गते सबैको घरमा दीप प्रज्वलन गर्न सरकारको आग्रह

असोज १ गते सबैको घरमा दीप प्रज्वलन गर्न सरकारको आग्रह


मध्यान्तर संवाददाता
  • सोमबार, भाद्र २९ २०७७

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज १ गते स्वास्थ्यकर्मी र कोरोना संक्रमितहरूको मनोबल बढाउन राति ८ बजे दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको छ ।

    स्वास्थ्य सेवा विभागका उपचार सेवा महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सम्मान र संक्रमितहरुको मनोबल बढाउन घर घरमा दीप प्रज्वलन गर्न सबैलाई आग्रह गरिएको जानकारी दिए । विश्व विरामी सुरक्षा दिवसको अवसर मन्त्रालयले दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको डा. पोखरेलले जनाए ।

    यस्तै सोही समयमा कोरोनाबाट मृत्यु भएकाको सम्झनमा एक मिनेट मौनधारण गर्न समेत मन्त्रालयले आग्रह गरेको छ । साथै असोज ७ गते सम्पूर्ण स्वास्थ्यकर्मीको सम्मानमा माइतिघरमा दीप प्रज्वलन कार्यक्रम गर्न्ने मन्त्रालयको तयारी रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार